नदीजन्य समाग्री ढुवानी गर्न महानगरले तोक्यो मापदण्ड
पाेखरा | मंसिर २७, २०८०
पोखरा: पोखरा महानगरपालिकाले नदीजन्य समाग्री ढुवानी तथा ओसारपोसार गर्न मापदण्ड तोकेको छ ।
महानगरभित्र प्राकृतिक दोहन र अवैधरुपमा नदीजन्य समाग्रीको विक्री वितरण भइरहेको सूचना पाएपछि महानगरले मापदण्ड निर्धारण गरेको हो ।
सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा मंगलबार बसेको बैठकले मापदण्ड तोकिएको मेयरका प्रेस संयोजक भीम थापाले जानकारी दिए । उनका अनुसार अबका दिनमा मिति, समय, ढुवानी हुने सवारी साधनको नम्बर, बिल नम्बर खुलेको चलानी पूर्जा चालकसँग अनिवार्यरुपमा हुनुपर्ने छ ।
यस्तै भ्याट, पान नम्बर भएको बिल, पोखरा महानगरपालिकासँग आय ठेक्का सम्झौता भएका घाटहरुको सम्बन्धमा क्रसर उद्योगसम्म नदीजन्य सामाग्री ढुवानी गर्दा महानगरपालिकाबाट जारी भएको कार्यदेश र चलानी पूर्जा अनिवार्यरुपमा साथमा हुनुपर्नेछ ।
क्रसरहरुले नदीजन्य सामाग्री विक्री गर्दा अनिवार्य रुपमा बिलबिजक जारी गर्नुपर्ने निर्णय गरिएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

