नदीजन्य समाग्री ढुवानी गर्न महानगरले तोक्यो मापदण्ड
पाेखरा | मंसिर २७, २०८०
पोखरा: पोखरा महानगरपालिकाले नदीजन्य समाग्री ढुवानी तथा ओसारपोसार गर्न मापदण्ड तोकेको छ ।
महानगरभित्र प्राकृतिक दोहन र अवैधरुपमा नदीजन्य समाग्रीको विक्री वितरण भइरहेको सूचना पाएपछि महानगरले मापदण्ड निर्धारण गरेको हो ।
सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा मंगलबार बसेको बैठकले मापदण्ड तोकिएको मेयरका प्रेस संयोजक भीम थापाले जानकारी दिए । उनका अनुसार अबका दिनमा मिति, समय, ढुवानी हुने सवारी साधनको नम्बर, बिल नम्बर खुलेको चलानी पूर्जा चालकसँग अनिवार्यरुपमा हुनुपर्ने छ ।
यस्तै भ्याट, पान नम्बर भएको बिल, पोखरा महानगरपालिकासँग आय ठेक्का सम्झौता भएका घाटहरुको सम्बन्धमा क्रसर उद्योगसम्म नदीजन्य सामाग्री ढुवानी गर्दा महानगरपालिकाबाट जारी भएको कार्यदेश र चलानी पूर्जा अनिवार्यरुपमा साथमा हुनुपर्नेछ ।
क्रसरहरुले नदीजन्य सामाग्री विक्री गर्दा अनिवार्य रुपमा बिलबिजक जारी गर्नुपर्ने निर्णय गरिएको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

